एसियाली खेलकुद: भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
काठमाडाैं | असोज १९, २०८०
काठमाडौं: चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।
चीनको हाङझाउमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले ४० रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बङगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि जाकेर अलिले सर्वाधिक २४ रनको योगदान दिए भने प्रभेज हास्साइन इमोनले २३ रन बनाए। त्यस्तै राकिबुल हसनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ भारतका साइ किशोरले सर्वाधिक तीन विकेट लिए भने वास्ङिटन सुन्दरले दुई विकेट लिए । त्यस्तै, अरसदिप सिंह, तिलक बर्मा, रवि विस्नुइले समान एकरएक विकेट लिए । यसअघि क्वाटरफाइनल खेलमा भारत नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

